यस्तो छ सोनीको सेल्फी स्मार्टफोन

Technology Khabar १२ भाद्र २०७१, बिहीबार

यस्तो छ सोनीको सेल्फी स्मार्टफोन

काठमाडौं ।

काठमाडौं, १२ भदौ । सोसीयल नेटवर्किङको बढ्दो प्रयोगका कारण मानिसहरुमा सेल्फीप्रतिको रुची बढिरहेको छ । सामान्य मानिसहरुदेखि विभिन्न व्यक्तित्व र सेलिब्रिटीहरुले फेसबुक, ट्विटर र इन्स्टाग्रामलगायतका नेटवर्किङ साइटहरुमा आफ्नो सेल्फी अपलोड गर्ने गरेका छन् । यसै सन्दर्भमा मोबाइल फोन निर्माता कम्पनी सोनीले युवाहरुमा सेल्फीको बढ्दो मोहलाई ध्यानमा राखेर स्मार्टफोन सार्वजनिक गरेको छ । सोनीले डबल सिमसहितको Xperia c3 स्मार्टफोन निर्माण गरेको हो ।

Sony-Xperia-C3

यस स्मार्टफोनमा छ मेगापिक्सेलको फ्रंट क्यामेरा छ, जसले उत्कृष्ट सेल्फी खिच्न सकिन्छ । यो फोन १ सेप्टेम्बरदेखि बजारमा बिक्रीका लागि उपलब्ध हुनेछ ।

सोनीले सेल्फी ट्यागको अतिरिक्त यो फोनमा चार अटोमेटिक मोडपनि जोडेको छ जुन फ्रन्ट क्यामेराको तस्वीरलाई अधिक सुन्दर बनाउन उपयोगी हुनेछ । फोनको फ्रन्ट क्यामेरामा सफ्ट लेड फ्ल्याश लाइट पनि हुनेछ । फोनमा खिचीएको सेल्फीलाई अझ राम्रो बनाउन सोनीले फोनमा नै ProSelfieCam तथा प्रोटरेट री टच एप पनि हालेको छ ।

यस फोनमा ८ मेगापिक्सेलको रियर क्यामेरा पनि रहेको छ । फोनमा ५.५ इन्चको स्क्रीन रहेको छ, जसको रिजोलुसन ७२० पिक्सेल छ । फोनमा ८ जीबीको इन्टरनल मेमोरी तथा एक जीबीको र्याम रहेको छ । फोन क्वाड कोर क्वालकम स्न्यापड्रयागन प्रोसेसर मा १.२ गिगाहर्जमा संचालन हुन्छ । सोनीको यो नयाँ सेल्फी फोन एन्ड्रोयड ४.४ किटक्याटमा संचालन हुन्छ ।

easy care

प्रकाशित: १२ भाद्र २०७१, बिहीबार

ताजा समाचार