डिस होमको स्वर्ण उत्सब

Technology Khabar ९ भाद्र २०७१, सोमबार

डिस होमको स्वर्ण उत्सब

काठमाडौं ।

काठमाडौं, ९ भदौ । डिस होमले बडा दशैं तथा शुभ दीपावलीलाई लक्षित गरी आकर्षक ग्राहक योजना बजारमा ल्याएको छ । यस योजना अन्तर्गत डिस होमको कनेक्सनको खरिदमा हरेक ग्राहकहरुले चाँदीको सिक्का उपहार प्राप्त गर्नेछन् । साथै उक्त योजनाको अवधिभर हरेक हप्ता हुने लक्की ड्र मार्फत ८ जना भाग्यशाली विजेताले प्रति व्यक्ति १० तोला सुन जित्न सक्नेछन् ।

यस योजना अवधिभर जम्मा १ किलो सुन ग्राहकहरुलाई प्रदान गर्ने कम्पनीको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस ग्राहक योजना भाद्र ९ गते २०७१ देखि सिमित अवधिका लागि लागू गरिएको कम्पनीले जनाएको छ ।

डिस होमले ले विगत ४ बर्षदेखि नेपाल भर ३ लाख ८० हजार घरहरुमा सेवा प्रदान गर्दै आएको छ ।

easy care

प्रकाशित: ९ भाद्र २०७१, सोमबार