कार्बनका छ वटा मोवाइल बजारमा

Technology Khabar ३१ श्रावण २०७१, शनिबार

कार्बनका छ वटा मोवाइल बजारमा

काठमाडौं ।

काठमाडौं, ३१ साउन । कार्बन मोबाइलको नेपालका लागी आधिकारिक बिक्रेता एलाइड ट्रेड लिंक इन्टरनेसनलले छ प्रकारका मोबाइल फोन बजारमा भित्र्याएको छ । सार्बजनिक फोनमा कार्बन स्मार्ट ए ३४ लाइट, ए१००, के २२ प्लस, के ३७५, के ४४ प्लस, के ४५५ प्लसहरु छन् ।

एन्ड्रोइडको भर्सन ४.२ जेली बिन  अपरेटिङ सिस्टम भएको ए ३४ लाइट कार्बन उत्पादनमध्ये सबैभन्दा पातलो र शक्तिशाली छ । यसमा ७ इन्च डब्लुभीजीए क्यापटिभ टच स्क्रिन, डुअल सिम, १.३ गिगाहर्ज़ डुअलकोर प्रेसेसर, ४ जीबी अन्तरिक स्टोरेज छ ।

२८०० एमएच ब्याट्री रहेको  ए ३४ लाइटमा २ मेगा पिगजेल ब्याक क्यामरा छ भने अगाडी डिजिटल क्यामरा छ । यसको मूल्य नेपाली बजारमा १२,५९९ रुपैंया रहेको छ।

३.५ इन्च एचभीजीए टच स्क्रिन भएको ए १०० मा एंन्ड्रोइडको भर्सन ४.२ जेली बिन अपरेटिङ सिस्टम, क्वेर्टि किप्याड, १ गिगाहर्ज़ प्रोसेसर, २५६ एमबि र्याम र २५६ एमबि रोम उपलब्ध छ, ३ मेगा पिग्सेल ब्याक क्यामेरा भएको यसमा १८०० एमएच ब्याट्री, इनबिल्ट अप्लिकेसन छ । यसको बाह्य स्टोरेज ३२ जीबी सम्म बढाउन सकिन्छ । यसको मूल्य नेपाली बजारमा ७२४६ मात्र छ ।

बार फोन रेन्ज अन्तर्गत एलाइड लिंकले अन्य ४ प्रकारका आकर्षक मोबाइल पनि सार्बजनिक गरेको छ । डुअल सिम सपोर्ट भएका सार्बजनिक फोनहरुमा के २२ प्लस, के ३७५, के ४४ प्लस, के ४५५ प्लस छन् यिनीहरुमा शक्तिशाली ब्याट्री, आकर्षक डिजाइन, फराकिलो स्क्रिन, जीपीआरएस, वाप, वायरलेस रेडियो, रेकर्डिङ छन् ।

A100

प्रतिस्पर्धाको नेपाली बजारमा आफ्नो छुट्टै पहिचान स्थापना गर्न सफल एलाईडले स्मार्टफोन, ट्याब्लेट, साधारण मोबाइलहरुको बिक्रि वितरण गर्नेगरेको छ । यसले आउँदा दिनहरुमा अन्य नयाँ स्मार्टफोनहरु पनि नेपाली बजार भित्र्याउने लक्ष राखेको छ ।

easy care

प्रकाशित: ३१ श्रावण २०७१, शनिबार