इपिएसमा ग्लोबल आइएमईको सेवा

काठमाडौं, २८ साउन । ग्लोबल आइएमई बैंकले पाचौँ इपिएस (कोरियन भाषा परिक्षा) को लागि देशभरका बिभिन्न स्थानहरुमा काउण्टर स्थापना गरेर परिक्षा शुल्क संकलन सेवा प्रदान गरेको छ । यस बर्ष काठमाण्डौ उपत्यकामा एक्मी इन्जिनियरिङ कलेज सितापाईला, ल्यावरटरी स्कुल किर्तिपूर र च्यासल खेल मैदान बालकुमारी गरि ३ स्थान र उपत्यका बाहिर पोखरा, बुटवल, धरान र डडेलधुरामा गरि ४ स्थानहरुबाट भाषा परिक्षा फारम बुझाउने व्यवस्था मिलाईए अनुसार ग्लोबल आईएमई बैंकले ति ७ स्थानहरुमा काउण्टर स्थापना गरेर सेवा प्रदान गरेको बैंकले जनाएको छ ।

नेपाल सरकार श्रम मन्त्रालय बैदेशिक रोजगार विभागसंगको सहकार्यमा इपिएस भाषा परिक्षा शुल्क संकलन सेवा प्रदान गर्ने सुरुवातकाल देखि नै ग्लोबल आइएमई बैंक एकमात्र बैंक भएको दाबी छ । बुधबारदेखि सुरु गरिएको सेवा शनिबार सम्म सञ्चालन रहने बताईएको छ ।