एनसेलको मोबाइल एप प्रतिस्पर्धा

Technology Khabar २७ श्रावण २०७१, मंगलवार

एनसेलको मोबाइल एप प्रतिस्पर्धा

काठमाडौं ।

काठमाडौं, २७ साउन । टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलले एप निर्माण प्रतिस्पर्धा सुरु गरेको छ । ‘एनसेल एप क्याम्प’ अभियान अन्र्तगत सिर्जनशील एप डेभलपरहरुले यो प्रतिस्पर्धामा भाग लिन पाउनेछन् । कम्पनीले आयोजना गरेको पत्रकार सम्मेलनमा एनसेलका कार्यकारी निर्देशक एरिम टाइलामलरले उक्त एनसेल एप क्याम्प सार्वजनिकको घोषणा गरेका हुन् ।

एनसेलले देशमा रहेको डिजिटल सम्भावनालाई अगाडी ल्याउन र युवाडेभलपरहरुलाई नवीनतम व्यवसाय निर्माण गर्न प्रेरित गर्ने उद्देश्यले मोबाइल एप्लिकेशन बनाउने प्रतिस्पर्धा– एनसेल एप क्याम्प–सार्वजनिक गरेको छ ।आफ्नो कर्पोरेट सामाजिक जिम्मेवारी अन्तर्गत ल्याएको यस कार्यक्रमले नविन प्रविधिको विकास तथा नेपाली युवालाई विश्वव्यापी मोवाइल एप उद्योगको हिस्सा बनाउन योगदान पुर्याउने विश्वास एनसेलका कार्यकारी निर्देशक एरिम टाइलानरले व्यक्त गरे । करिव ६ महिनासम्म सञ्चालन हुने प्रतिस्पर्धा कृषि, कर्पोरेट सोलुसन, शिक्षा र पर्यटन गरि चारवटा विधामा एप बिकाश गर्नुपर्ने छ ।

एनसेल एप क्याम्प चरणगत रुपमा लागू हुनेछ, जसमामोबाइल एप डेभलपर तथा उत्साहिले पहिला विश्वव्यापी र स्थानीय एप व्यावसायको अमूल्य ज्ञान, एप बनाउने कौशल र यसको वरिपरि व्यावसायकोनिर्माण अर्कासँग प्रतिस्पर्धा गरि आकर्षक पुरस्कार जित्नेछन् ।यसमा एप डेभलपर र यस सम्बन्धी चासो राख्ने समुहलेनिःशुल्क भाग लिन सक्नेछन् । ‘ कृषि, कर्पोरेट सल्युशन, शिक्षा र पर्यटननेपाली अर्थतन्त्रमा मुख्य क्षेत्रहरु हुन् र सृजनशील युवावर्गले यीक्षेत्रहरुको प्रभावकारिता र उत्पादनशीलता बढाउन य्यापहरुको विकास गरेरठूलो परिवर्तन ल्याउन सक्छन् । यी क्षेत्रहरुमा नै नवीनतम व्यावसाय फस्टाउनपनि सक्छन् ।’ एनसेलकी कर्पोरेट कम्युनिकेशन निर्देशक सञ्जु कोइरालालेभनिन् । एनसेल एप क्याम्पले डेभलपरहरुको पहिचान गर्ने र उनीहरुलाई बढावादिंदै समाजमा सकारात्मक योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ ।

प्रतिस्पर्धामा भागलिन युवा डेभलपरहरुको समूहले www.ncell.com.np/appcamp मार्फत अनलाइन दर्ता गर्नुपर्नेछ । उनीहरुले एन्डोइड, एप्पल, विन्डोज, जेटुएमईलगायत सृजना गर्न सक्छन् । एनसेल एप क्याम्पको बारेमा थप प्रकाश पार्दैयोङ्ग इनोभेसन्स्का विभुषण विष्टले भने, ‘इच्छुक समूहहरुले दर्तागरेका आइडियाहरु मध्येबाट १५० वटा उत्कृष्ट व्यवहारिक आइडियाहरु छनौटगरिनेछ र ति आइडिया दर्ता गरेको समूहलाई क्षमता अभिवृद्वि सेमिनारमा भागलिन बोलाइनेछ । सेमिनारमा टिमहरुले मोबाइल एपका विभिन्न पक्षहरुसम्बन्धी प्रशिक्षण प्राप्त गर्नेछन् । सेमिनारमा अन्तर्राष्ट्रिय रराष्ट्रिय अनुभव बोकेका विज्ञहरुले बजार, एप डेभलप्मेन्ट र व्यवसायविकास अमूल्य ज्ञान प्रदान गर्नेछन् । यसले सहभागी समूहहरुलाई उनीहरुकोआइडियालाई थप परिस्कृत बनाउन र सामाजिक रुपमा उपयोगी बनाउन मद्दत गर्नेछ, विष्टले भने ।

सेमिनार पश्चात टिमहरुले आफ्नो परिस्कृत आइडियाहरु बुझाउने रअन्तिम चरणमा ति आइडियाहरु मध्येबाटै हरेक विधामा ६ वटा उत्कृष्टआइडियाहरु अर्थात जम्मा २४ टिमहरु छनोट गरिनेछ । अन्तिम प्रतिस्पर्धा २०७१मंसिर २३ देखि २५ गतेसम्म हुनेछ । अन्तिम प्रतिस्पर्धामा सहभागीलेअन्तर्राष्ट्रिय र राष्ट्रिय विज्ञहरुको मार्गदर्शनमा एप बनाउने र आफ्नाआइडियालाई विभिन्न क्षेत्रका विज्ञहरु रहेका मुख्य निर्णायक टोलीका सामूप्रस्तुत गर्नेछन् । विज्ञहरुको मार्गदर्शनमा एप बनाउने र आफ्नाआइडियालाई विभिन्न क्षेत्रका विज्ञहरु रहेका मुख्य निर्णायक टोलीका सामूप्रस्तुत गर्नेछन् । ‘आइडियाको व्यवहारिकता र व्यवसायिक सम्भाव्यताकाआधारमा मुख्य निर्णायक टोलीले हरेक विधाबाट १/१ विषयगत विजेता र तिमध्येबाट एक मुख्य विजेताको छनौट गर्नेछ,’ विष्टले भने । हरेक विषयगतविजेताले रु २ लाख २० हजारको नगद पुरस्कार जित्नेछन् भने मुख्य विजेताले थपरु ५ लाखका साथै विदेशमा हुने यस्तै खाले य्याप क्याम्पमा सहभागी हुनेमौका पनि जित्नेछ । प्रतिस्पर्धामा भाग लिन डेभलपर समूहले २०७१ कार्तिक ११गते दिनको १२ बजेसम्म आफ्नो समूह तथा आइडिया दर्ता परिसक्नु पर्नेछ ।

एनसेल एप सार्वजनिक

एनसेल एप क्याम्पबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एनसेलले ‘एनसेल एप’ पनि सार्वजनिक गरेको छ । हाल एन्ड्रोइड फोनमा चल्ने एनसेलएपले ग्राहकलाई एनसेलका सेवा तथा अफरहरुबारे जानकारी लिन र आफूलाई चाहिएको विभिन्न सेवा, जस्तै डाटा प्याक खरिद, ब्यालेन्स ट्रान्सफर लगायतका सेवा सहजै मोबाइलबाटै प्राप्त गर्न सम्भव बजाएको छ । ‘एनसेल एपले हाम्रा ग्राहकलाई सम्पूर्ण रुपमा सेल्फ सर्भिस सल्युशन प्रदान गर्दछ । यसले उनीहरुलाई एनसेलका सेवामा सहज पहुँच हुने सुनिश्चितता गरेको छ,’ एनसेलका कार्यकारी निर्देशक एरिम टाइलानरले भने । एनसेल एपमा प्रिपे्ड तथा पोष्टपेड ग्राहकका लागि फरक–फरक फिचरहरु छन् । यी फिचरहरु सिमको प्रकृतिअनुसार स्वतः नै आउनेछन् । तस्विर साैजन्यः बिजमान्डु

easy care

प्रकाशित: २७ श्रावण २०७१, मंगलवार