हुवावेको निर्यात ६२ प्रतिशतले बढ्यो

Technology Khabar २६ श्रावण २०७१, सोमबार

हुवावेको निर्यात ६२ प्रतिशतले बढ्यो

काठमाडौं ।

बेइजिङ, २६ साउन। वार्षिक मापनका आधारमा चिनियाँ स्मार्टफोन कम्पनी हुवावेले पहिलो अर्धवार्षिक अवधिमा गरेको निर्यात ६२ प्रतिशतले बढेको छ । दक्षिण कोरियाली कम्पनी सामसुङ र अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले उत्पादन गर्ने महँगा फोनको बजारलाई लक्षित गरी गरिएको निर्यातले हुवावेको बिक्री बढेको हो ।

पहिलो ६ महिनाको अवधिमा हुवावेले विश्वव्यापी रूपमा ३ करोड ४२ लाख ७० हजार स्मार्टफोन निर्यात गरेको छ । यो संख्या पूरै वर्षलाई गरिएको ८ करोड लक्ष्यको ४३ प्रतिशत मात्रै हो । मध्यपूर्व, अफ्रिका र ल्याटिन अमेरिका जस्ताक्षेत्रमा कम्पनीको उत्पादन वृद्धि भएको छ । वार्षिक मापनका आधारमा यीक्षेत्रमा भएको बिक्री वृद्धि २ सय ७५ देखि ५ सय ५० प्रतिशतसम्म बढेको बजारीकरण र उपभोक्ता व्यवसायका उपाध्यक्ष साओ याङले विज्ञप्तिमार्फत बताएका छन् । विदेशमा बढेको ब्रान्डप्रतिको सचेतना र मजबुत बिक्रीका कारण यो सम्भव भएको उनले बताए ।

यो अवधिको बिक्रीले कम्पनी पूरै वर्षका लागि निर्धारण  गरिएको लक्ष्यमापुग्न सक्ने अपेक्षा आफूले गरेको साओले बताएका छन् । हुवावेको विश्वव्यापीफोन निर्यातमा स्मार्टफोनको हिस्सा ९७ प्रतिशत छ ।

अन्य चिनियाँ कम्पनीहरू लेनोभो ग्रुप र जेडटीईसँग प्रतिस्पर्धा गरिरहेकोहुवावेले यो वर्षको दोस्रो त्रैमासिक अवधिमा विश्वव्यापी रूपमा २ करोड १०लाख स्मार्टफोन निर्यात गरेको छ । यो संख्या गत वर्षको समान अवधिको तुलनामावार्षिक मापनका आधारमा ८५ प्रतिशतले बढी हो ।

हुवावेले गरेको स्मार्टफोनको बलियो बिक्रीले बजारमा सबैभन्दा ठूलो हिस्सालिन सफल भएको सामसुङका लागि चुनौती थपेको छ । सामसुङले अप्रत्याशित रूपमा त्रैमासिक आम्दानी ओरालो लागेको तथ्य सार्वजनिक गरेको छ । उच्च गुणस्तरको स्मार्टफोनमा सस्तो मूल्यका साथ आएका चिनियाँ प्रतिद्वन्द्वीका कारण प्रतिस्पर्धा बढेकाले आम्दानी घटेको पनि सामसुङले जनाएको छ ।

यो वर्ष ८ करोड स्मार्टफोन निर्यात गर्ने लक्ष्य लिएको हुवावेले २० प्रतिशत उच्च गुणस्तरको हुने बताएको छ । यो गत वर्षको तुलनामा १६ प्रतिशतले बढी भएको कम्पनीले यसै वर्षको सुरुमा जानकारी गराएको छ । प्रिमियम ह्यान्डसेटको बजारमा हुवावेले अझै पनि कडा चुनौतीको सामना गरिरहेको उद्यमीहरूले बताएका छन् । यस किसिमको उत्पादनको बजारमा अझै पनि एप्पलको वर्चस्व रहँदै आएको छ ।

एप्पलले चालू महिना चीनमा स्मार्टफोनको बिक्री आश्चर्यजनक रूपमा वृद्धिभएको जनाएको छ । यसले चिनियाँ बजारमा एप्पलप्रतिको आकर्षण अझै कायम रहेको पुनः पुष्टि गरेको एप्पलले जनाएको छ । चीनमा हुवावेले यो वर्षको पहिलो अर्धवार्षिक अवधिमा २ करोड स्मार्ट सामग्री बिक्री गरेको बताएको छ । यसमा स्मार्टफोन र ट्याब्लेट पनि छन् ।

चीनका ३ प्रमुख टेलिकम कम्पनीहरूसँग दीर्घकालीन र स्थायी साझेदारी रहेकाले विदेशी प्रतिद्वन्द्वीका तुलनामा कम्पनीले राम्रो लाभ लिने साओले बताएकाछन् । विश्वकै ठूला स्मार्टफोन कम्पनीहरु सामसुङ र एप्पलले पनि चीनबाट राम्रो लाभ लिइरहेका छन् ।

तर यी कम्पनीहरूले चीनमा यो वर्षको पहिलो अर्धवार्षिक अवधिमा कति संख्यामा स्मार्टफोन निर्यात गरे भन्ने विषयमा जानकारी दिन भने अस्वीकार गरेका छन् । पहिलो त्रैमासिक अवधिमा हुवावेको विश्वव्यापी स्मार्टफोन बजारमा ४.७ प्रतिशतको हिस्सामात्रै रहेको छ । उसको यो हिस्सा सामसुङको ३०.८ प्रतिशत र एप्पलको १५.२ प्रतिशतपछि तेस्रो  भएको आईडीसीले जनाएको छ । एजेन्सी

easy care

प्रकाशित: २६ श्रावण २०७१, सोमबार

ताजा समाचार