अमेरिका बाहिर मुद्दा नगर्न एप्पल र सामसुङ सहमत

Technology Khabar २२ श्रावण २०७१, बिहीबार

अमेरिका बाहिर मुद्दा नगर्न एप्पल र सामसुङ सहमत

काठमाडौं ।

वासिङ्टन, २२ साउन । एजेन्सी । एप्पल र सामसुङले अमेरिकाबाहिर एक–अर्काविरुद्ध गरिएको सबै मुद्दा फिर्ता लिने सहमति गरेका छन् । यी २ प्रतिद्वन्द्वीलेअमेरिकाबाहिरका बेलायत, दक्षिण कोरिया, जापान, जर्मनीलगायत ९ मुलुकमा पेटन्टको विषयलाई लिएर एक–अर्काविरुद्ध मुद्दा गर्दै आएका छन् ।
यसमा लाइसेन्सको व्यवस्थापनसम्बन्धी कुनै पनि विषय समावेश नगरिएको सामसुङले जनाएको छ । कम्पनीका अनुसार अमेरिकामा परेको मुद्दा भने यथावतै रहने छन् । स्मार्टफोन र ट्याब्लेट पीसीको बजारमा यी २ कम्पनीको वर्चस्व रहँदै आएको छ ।

तर यिनीहरू विगतका केही वर्षदेखि कानुनी लडाइँमा उत्रिएका छन् । उनीहरूबीचको यो लडाइँ विभिन्न मुलुकमा छ ।  पछिल्ला वर्षहरूमा लडाइँ थपविस्तार भएको थियो । एप्पलले अमेरिका सामसुङविरुद्ध मुद्दा हालेपछि २ कम्पनीबीचको कानुनी लडाइँ २०११ मा सुरु भएको थियो ।

दक्षिण कोरियाली कम्पनीले ग्यालेक्सीअन्तर्गत उत्पादन गरेको फोन र ट्याब्लेटले आईफोन र आईप्याडको नक्कल गरेको आरोप एप्पलले लगाउँदै आएको छ ।

सामसुङले पनि त्यसयता एप्पलविरुद्ध विभिन्न मुलुकमा मुद्दा दायर गर्दैआएको छ । आफ्नो पेटन्ट उल्लंघन गरेको आरोपमा उसले एप्पलविरुद्ध मुद्दा दायर गरेको हो ।

फोटो सिंक्रोनाइजिङ, संगीत र भिडियो फाइललगायतका पेटन्ट एप्पलले चोरेकोआरोप सामसुङले लगाउँदै आएको छ । उसको आरोपमा इन्टरनेटबाट भिडियो ग्रहणगर्ने पेटन्ट पनि एप्पलले चोरेको आरोप सामसुङले लगाएको छ ।

विवाद भएका मुलुकहरूमध्ये केहीमा एप्पलले पनि सामसुङविरुद्ध मुद्दा दायर गर्दै आएको छ । तर, हाल आएर भने यी सबै मुद्दा फिर्ता लिने विषयमा २ कम्पनी सहमत भएका हुन् । यद्यपि यी २ कम्पनीबीच अमेरिकी अदालतमा भने मुद्दा चलिरहेको छ । पछिल्ला वर्षहरूमा अमेरिकामा भएका मुद्दामध्ये २ मुद्दामा एप्पलले जितेको थियो ।

मे महिनामा अमेरिकी अदालतले एप्पललाई ११ करोड ९६ लाख अमेरिकी डलर तिर्न सामसुङलाई आदेश दिएको थियो । २ वटा पेटन्ट उल्लंघन गरेको आरोपमा सामसुङलाई यो परिमाणको जरिवाना तोकिएको हो । यद्यपि क्षतिपूर्तिको यो रकम एप्पलले माग गरेको २ अर्ब २० करोड अमेरिकी डलरको तुलनामा ठूलो अन्तरले कम हो ।

अमेरिकी अदालतले एप्पललाई पनि पेटन्ट चोरेको आरोपमा १ लाख ५८ हजार अमेरिकी डलरको क्षतिपूर्ति दिन आदेश दिएको थियो ।

यद्यपि सामसुङले यो विषयमा कुनै पनि गलत काम गरेको अस्वीकार गरेको छ ।उसले क्यामराको प्रयोग र भिडियो प्रसारणसम्बन्धी पेटन्ट चोरको आरोपमा एप्पलले ६० लाख डलरको क्षतिपूर्ति भर्न माग गरेको थियो ।

२ वर्षअगाडि मात्र बौद्धिक सम्पत्ति चोरेको आरोपमा क्षतिपूर्तिस्वरूप एप्पललाई १ अर्ब ५  करोड तिर्न सामसुङलाई आदेश दिइएको थियो ।

सामसुङमा प्रयोग भएको प्रविधिले आईफोन निर्माता एप्पलको सफ्टवेयर र ढाँचासम्बन्धी पेटन्ट चोरेको निर्णय अदालतले गरेको थियो । तर, सामसुङलेगरेको प्रतीकारात्मक दाबीलाई भने अदालतले अस्वीकार गरेको थियो । यो निर्णयविरुद्ध सामसुङले अझै पनि चुनौती दिँदै आएको छ । काराेबारबाट

Global Bank
easy care

प्रकाशित: २२ श्रावण २०७१, बिहीबार