एनसेलको ह्याप्पी आवरमा ९९ पैसा/मिनेट कल गर्न सकिने

Technology Khabar २० श्रावण २०७१, मंगलवार

एनसेलको ह्याप्पी आवरमा ९९ पैसा/मिनेट कल गर्न सकिने

काठमाडौं ।

काठमाडौं, २० साउन । एनसेलले ग्राहकको सुविधाका लागि ह्याप्पी आवर योजना सार्वजनिकगरेको छ । उक्त योजनामा ग्राहकले एनसेलको नेटवर्कमा प्रत्येक दिन ५० प्रतिशत छुटमा छ घण्टा कुराकानी गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

उक्त योजना आजदेखि छ साता लागि लागु हुने एनसेलले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ । योजनामा एनसेलका ग्राहकले सुविधा एक्टिभेट गरि विहान ९बजेदेखि दिउँसो ३ बजेसम्म एनसेलको कुनै पनि नम्बरमा ९९ पैसा प्रति मिनेट (कर बाहेक) मा कुरा गर्न सक्नेछन् ।

ग्राहकले सेवा सुचारु गर्न १७१११ डायल गरि २ थिचेर साप्ताहिक रुपमा एक्टिभेट गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । पुरै योजना अवधिभरि सुविधा लिन चाहने ग्राहकले प्रत्येक हप्ता स्वतः नविकरण हुने गरि एक्टिभेट गर्नपनि सक्ने एनसेलले जानकारी दिएको छ ।

यसका लागि १७१११ डायल गरि १ थिच्नुपर्ने कम्पनीले जानकारी दिएको छ । सुविधा एक्टिभेसन गर्न साप्ताहिक सेवा शुल्क कर वाहेक सात रुपैयाँ  लाग्ने एनसेलले जानकारी दिएको छ । एनसेलका प्रिपेड तथा पोष्टपेड दुवै ग्राहकले यो योजनामा भाग लिन सक्ने कम्पनीको भनाइ छ ।

एनसेलकी कर्पोरेट कम्युनिकेशन निर्देशक सञ्जु कोइरालाले ग्राहकको अलग समयमा अलग किसिमको प्राथमिकता रहने तथ्यलाई मध्यनजर गर्दै नयाँ योजना ल्याएको जानकारी दिइन् ।

easy care

प्रकाशित: २० श्रावण २०७१, मंगलवार

ताजा समाचार