साझा बसमा टेलिकमको हटस्पट वाईफाई सेवा

Technology Khabar २० श्रावण २०७१, मंगलवार

साझा बसमा टेलिकमको हटस्पट वाईफाई सेवा

काठमाडौं ।

काठमाडौं, २० साउन । नेपाल टेलिकमले काठमाडौंमा सञ्चालन भएका साझा बसहरुमा वाईफाई हटस्पट स्थापना गरेकोछ । कम्पनीले आइतबारदेखि वाईफाईहटस्पट स्थापना गरी साझा बसको सेवा उपयोग गर्ने यात्रुहरुको लागि वाईफाई सेवा सञ्चालनमा ल्याएको हो ।

टेलिकमले साझा बसहरुमा वाईफाई सेवासञ्चालन गर्नको लागि वाइम्याक्स प्रविधिको उपकरणहरु जडान गरेको छ । बसमा यात्रा गर्ने यात्रुहरुले वाईफाईमार्फतशशुल्क इन्टरनेट चलाउन सक्नेछन् । साझा यातायातले संचालन गरेका सबै बसहरुमा हटस्पटमार्फत वाईफाई प्रयोग गर्न सकिनेछ ।

यात्रुहरुले वाईफाईमार्फत इन्टरनेटचलाउनको लागि आवश्यक पासवर्ड लिन १४१६ मा वाईफाई टाइप गरीम्यासेज पठाउनुपर्ने हुन्छ । उक्त म्यासेजको आधारमा टेलिकमले पठाउने पासवर्ड प्रयोगगरि स्मार्ट फोन, ल्यापटप, ट्यावलेट आदिमा वाईफाई चलाउन सकिनेछ ।

कम्पनीका अनुसार उक्त पासवर्डबाट एकघण्टासम्म इन्टरनेट चलाउन सकिन्छ भने सो पासवर्डको समय अवधि २४ घण्टा कायम रहने छ । उक्त सेवा प्रयोग गरेवापत ग्राहकहरुको मोवाइलबाटै १०रुपैयाँ काटिने कम्पनीले जनाएको छ । टेलिकमको जिएसएम र सिडिएमएका पोष्टपेडतथा प्रिपेड ग्राहकहरुले यो सेवा प्रयोग गर्न पाउनेछन् ।

साझा यातायातले हाल २ रुटमा १६ वटा बस सञ्चालन गरिरहेको छ ।

easy care

प्रकाशित: २० श्रावण २०७१, मंगलवार