सामसुङ ‘ग्यालेक्सी कोर टु’ नेपाली बजारमा

Technology Khabar १८ श्रावण २०७१, आईतवार

सामसुङ ‘ग्यालेक्सी कोर टु’ नेपाली बजारमा

काठमाडौं ।

काठमाडौं, १८ साउन। सामसुङको ‘ग्यालेक्सी कोर टु’ नेपाली बजारमा भित्रिएको छ । सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता आइएमसले उक्त स्मार्टफोन बजारमा भित्राएको हो ।

नेपाली बजारमा ‘कोर टु’ को बजार मूल्य १७ हजार ९ सय रुपैयाँ तोकिएको छ । उच्च क्षमताको स्मार्टफोन सुलभ मूल्यमा पाइने हुँदा ‘कोर टु’ ले मध्यमवर्गीय नेपाली उभोक्ताहरु आकषिर्त गर्ने कम्पनीले अपेक्षा राखेको छ ।

यसमा १.२ गीगाहर्ज क्वार्ड कोर प्रोसेसर रहेको छ । साथै, यसमा ४ जीबी आन्तरिक मेमोरी, ७६८ एमबी र्‍याम भएका कारण उच्च क्षमताका गेमहरु पनि सहज रुपमा खेल्न सकिने कम्पनीको दाबी छ ।

दुईवटा सीम प्रयोग गर्न मिल्ने यस स्मार्टफोनमा मल्टीटास्किङ सुविधा समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

४.५ इन्चको टच डिस्प्ले भएका कारण ‘कोरटु’ मा इन्टरनेट चलाउन, गेम खेल्न, फोटो तथा भिडियो हेर्नसमेत मज्जा आउने छ। यसमा २००० एमएएच क्षमताको ब्याटि्र प्रयोग गरिएको छ ।

नेपाली बजारमा यो स्मार्टफोन कालो र सेतोरङमा उपलब्ध रहेको छ ।‘कोर टु’ लेड फ्लाससहितको ५ मेगापिक्सेल क्यामेरा जडान गरिएको छ । जुन कारण कम प्रकाश भएको ठाउँमा पनि गुणस्तरिय फोटो खिच्न सकिने बताइएको छ । यसको अगाडीको भागमा ०.३ मेगापिक्सेल क्यामेरा जडान गरिएको छ ।

easy care

प्रकाशित: १८ श्रावण २०७१, आईतवार