सभासदलाई ३ अर्ब ३० करोड

निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत प्रतिनिर्वाचन क्षेत्र १ करोडका दरले २ अर्ब ४० करोड र प्रतिसभासद १५ लाखका दरले ९० करोड १५ लाख रुपैयाँ खर्च हुनेछ । १५ लाख अन्तर्गतको कार्यक्रमबाट मात्रै कम्तीमा वाषिर्क ४ करोड ५० लाख ७५ हजार रुपैयाँ सभासद वा तिनका प्रतिनिधिले खर्च गर्न पाउने छन् । अर्को कार्यक्रमबारे निर्देशिका तयारी भइसकेको छैन ।

दुवै कार्यक्रमका लागि निर्वाचन क्षेत्र विकास कोष खडा गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेलले बताए । ‘१५ लाख रुपैयाँ अहिलेकै निर्देशिकाअनुसार खर्च गर्न पाउने छन्,’ पोखरेलले भने, ‘अर्को कार्यक्रमका लागि स्थानीय विकास मन्त्रालयले निर्देशिका बनाउँछ । निर्देशिकाअनुसार छनोट भएका कार्यक्रम सम्बद्ध विकासे कार्यालयले कार्यान्वयन गर्छन् ।’

उक्त शीर्षकको रकम स्थानीय निकायको जम्मा बजेटमा अर्थले पठाइसकेको छ । १ करोडवाला कार्यक्रम निर्वाचित सभासदको अध्यक्षतामा निर्वाचन क्षेत्रभरिका सभासदहरूको समिति बनाई योजना छनोट, कार्यान्वयन र अनुगमन गर्ने निर्देशिका बनाउने तयारी छ । निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत प्रतिनिर्वाचन क्षेत्र १ करोडका दरले २ अर्ब ४० करोड र प्रतिसभासद १५ लाखका दरले ९० करोड १५ लाख रुपैयाँ खर्च हुनेछ । १५ लाख अन्तर्गतको कार्यक्रमबाट मात्रै कम्तीमा वाषिर्क ४ करोड ५० लाख ७५ हजार रुपैयाँ सभासद वा तिनका प्रतिनिधिले खर्च गर्न पाउने छन् । अर्को कार्यक्रमबारे निर्देशिका तयारी भइसकेको छैन ।

दुवै कार्यक्रमका लागि निर्वाचन क्षेत्र विकास कोष खडा गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेलले बताए । ‘१५ लाख रुपैयाँ अहिलेकै निर्देशिकाअनुसार खर्च गर्न पाउने छन्,’ पोखरेलले भने, ‘अर्को कार्यक्रमका लागि स्थानीय विकास मन्त्रालयले निर्देशिका बनाउँछ । निर्देशिकाअनुसार छनोट भएका कार्यक्रम सम्बद्ध विकासे कार्यालयले कार्यान्वयन गर्छन् ।’

उक्त शीर्षकको रकम स्थानीय निकायको जम्मा बजेटमा अर्थले पठाइसकेको छ । १ करोडवाला कार्यक्रम निर्वाचित सभासदको अध्यक्षतामा निर्वाचन क्षेत्रभरिका सभासदहरूको समिति बनाई योजना छनोट, कार्यान्वयन र अनुगमन गर्ने निर्देशिका बनाउने तयारी छ ।