वेस्टर्न युनियनद्वारा सातौ विजेता घोषणा

काठमाडौँ, २१ साउन । वेस्टर्न युनियनले आफ्नो २०औं वार्षिक उत्सवको अवसरमा आफ्ना ग्राहकहरुकालागि ल्याएको साप्ताहिक पैसा दोब्बर योजनाको सा  विजेताको नाम घोषणा गरेको छ । बिमला गिरी प्रवर्द्धन योजनाको छैठौ हप्ताको विजेता हुन सफल भएकी छिन्।

बौद्ध, काठमाडौँ निवासी बिमला गिरीले वेस्टर्न यूनियनको सब एजेन्टबाट यसै हप्ता रेमिटेन्स प्राप्त गरेका थिए भने यस हप्ता वेस्टर्न यूनियन मार्फत रकम प्राप्त गर्ने सबै ग्राहकहरुलाई लक्की ड्रमा समावेश गरिएको कम्पनिले जानकारी दिएको छ ।

योजना अन्तर्गत हरेक हप्ता वेस्टर्न युनियनको MTCN कोडबाट लक्की ड्र गरिन्छ र ग्राहकहरुलाई आफुले पाएको रकम बराबरकै रकम दोब्बर गर्ने अवसर दिइन्छ जसमा अधिकतम रु।५०,००० वा आफुले पाएको रकम बराबरको रकम मध्ये जुन कम हुन्छ त्यही उपहारमा हस्तान्तरण गरिन्छ । २० हप्तासम्म चल्ने प्रर्वद्धन योजनाको अवधिभरि हरेक हप्ता अधिकतम रु ५०,००० गरि योजना अवधिभर कुल रु १० लाखको पुरस्कार जित्न सकिने कम्पनिको भनाई छ ।