रनसुजको साँवा भन्दा व्याज ठुलो

काठमाडौं, २४ भदौ । रन शुज ई. प्रा.लि.ले नेपालीहरुको महान चाड दशै र तिहारको अवसर पारेर उपहार योजना ल्याएको छ । यस योजनाको नाम ‘‘साँवा भन्दा व्याज ठुलो’’ राखिएको छ । कम्पनीले काठमाडौमा पत्रकार सम्मेलन गर्दै यस उपहार योजना अन्तरगत प्रत्येक जोर रन जुत्ता खरिद गर्दा खरिदकर्ताले एउटा टिसर्ट प्राप्त गर्ने साथै एउटा स्क्रयाच कुपन प्राप्त गर्नेछन् र स्क्रयाच कुपन मार्फत योजना अवधिभरमा १० जना उपभोक्ताले जनही १ लाख नगद प्राप्त गर्ने जानकारी दियो ।

 यो योजना अन्तर्गत स्क्रयाचमा न्युनतम रु ५ हजार देखि अधिकतम १ लाखसम्म राखिएको छ । यस उपहार योजनामा सहभागी सबै ग्राहकले अनिवार्य रुपमा टिसर्ट भने प्राप्त गर्नेे कम्पनीका प्रबन्ध निर्देशक रुद्र न्यौपाने जानकारी दिए । उपहार प्रवद्र्धनका निमित्त यस योजनालाई साँवा भन्दा ब्याज ठुलो, रन शुज बिना खुट्टा लुलो र दशजनालाई दशलाख भन्ने नारा दिईएको छ । यो उपहार योजना प्रर्वद्धनकालागी नेपाल टेलिभिजनबाट हाल प्रशारण भईरहेको हाँस्य श्रृखंलाका कलाकार कुमार कट्टेल ‘‘जिग्री’’ र अर्जुन घिमिरे ‘‘पाँडे’ लाई उपहार प्रवद्र्धकका रुपमा अनुबन्ध गरिएको छ ।

यो उपहार योजना तिहारसम्म मात्र लागु गरिएको छ । यसै गरी कम्पनीले बडादशै र तिहारको अवसर पारेर २० मोडलका नयाँ डिजाइनका रन ब्राण्डका जुत्ता बजारमा ल्याएको छ । मुलतः यी मोडलका जुत्ताहरु दशैं, तिहार तथा जाडो याम लाई लक्षित गरि बनाइएको छ । नयाँ मोडलका जुत्ताहरुमा बुट, स्पोर्टस, क्याजुयल र पार्टी रहेको छ ।

कम्पनीले यसै महिना देखि ठूलो परिमाण क्षमता भएको पी.यू. का जुत्ता तथा चप्पल उत्पादन गर्ने पी.यू. प्लान्ट स्थापना गरि उत्पादन गर्ने जानकारी दियो ।