ग्लोबल आइएमई बैंकमा अनलाइनबाटै खाता खोल्न सकिने

काठमाडौं, २९ कात्तिक । ग्लोबल आइएमई बैंकले प्रबिधिको प्रयोग बढाउने उद्देश्य र ग्राहको सुबिधालाई ध्यानमा राखी अनलाइन मार्फत बैंक खाता खोल्ने व्यवस्था मिलाएको छ ।

बिशेषगरि विदेशमा बस्ने नेपालीहरुलाई खाता खोल्न सहज होस भन्ने उद्धेश्यले बैंकले अनलाईन खाता खोल्ने व्यवस्था मिलाएको जानकारी दिएको छ ।

यो व्यवस्था अन्तर्गत अनलाईन मार्फत जुनसुकै समयमा आफुले चाहेको शाखामा खाता खोल्न सकिनेछ ।

त्यस्तै विदेशमा बस्ने नेपालीहरुले अनलाईन मार्फत खाताखोली इमेल मार्फत खाता नम्बर प्राप्त गर्न सक्नेछन् भने, सो खातामार्फत रेमिट्यान्स नेपालमा पठाउन सक्ने छन् ।

यो सेवा प्रयोग गर्नका लागि बैंकको वेबसाइट www.globalimebank.com मा गई खाता खोल्ने फारम भरी सजिलै खाता खोल्न सकिने बैंकले जानकारी दियो ।

बैंकले १०८ वटा शाखा ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर, १२५ वटा एटिएम, ४६ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ८ लाख भन्दा बढि ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको बैंकद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।