????????????????????????????????????

एभरेष्ट बैंकको शाखा लमहीमा शुरु

काठमाडौं, १७ जेठ । एभरेष्ट बैंकले दाङ्गको लमहीमा आफ्नो शाखा औपचारिकरुपमा शुरु भएको घोषणा गरेको छ ।

उक्त शाखाको समुद्घाटन संयुक्त रुपमा दाङ्गका प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले र बैंकका प्रमुख कार्यकारी अधिकृत एके अहलुवालियाले गरेका थिए । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक भिष्म प्रसाद उप्रेती तथा जिल्ला स्थित सरकारका सुरक्षा विभागका उच्च अधिकारीहरु, च्याम्बर लगायत बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति रहेको बैंकले जनाएको छ ।

एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टर र ८५ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत सेवाहरु प्रदान गर्दै आइरहेको जारी विज्ञप्तिमा उल्लेख छ ।