अर्घाखाँची ओ.पि.सि. सिमेन्टद्वारा निर्माणकर्मीलाई तालिम प्रदान

काठमाडौं, १८ जेठ । अर्घाखाँची ओ.पि.सि. सिमेन्टले पेप्सीकोला, तिनकुने क्षेत्रका निर्माणकर्मीहरुलाई निर्माण सामाग्रीको सही छनौट र भुकम्पप्रतिरोधी घर निर्माण सम्बन्धी विशेष तालिम दिएको छ । साथै, कार्यक्रममा उपस्थित निर्माणकर्मीहरुको निःशुल्क स्वास्थ परिक्षण पनि अर्घाखाँची ओ.पि.सि. सिमेन्टद्धारा गराइएको छ ।

उक्त कार्यक्रममा कम्पनीका ईन्जिनियरहरु अभिनय जयसवाल र विकास भट्ठराईद्धारा तालिम प्रदान गरिएको थियो भने उद्योगका सिनियर मेनेजर रमेश थापाले उच्च गुणस्तरको सिमेन्ट भएकोले अर्घाखाँची ओ.पि.सि. सिमेन्टले छोटो समयमै बजारमा लोकप्रियता हाशिल गरेको बताए ।

त्यस्तै मैनहीयामा अवस्थित अर्घाखाँची ओ.पि.सी. सिमेन्ट उद्योगले दैनिक १२ सय मेटिक टन (२४ हजार बोरा) सिमेन्ट उत्पादन गरि बजारमा उपलब्ध गराउदै आएको जारी विज्ञप्तिमा उल्लेख छ ।